May 18, 2024
upakar.banke1@gmail.com +977-081-540744, 542053

News

उपकार लघुवित्तको चौथो साधाणसभा, अध्यक्षमा पुन ढकाल

3rd March, 2023
बाँके १८ फागुन –महिलाको आर्थिक तथा सामाजिक शसक्तिकरणका लागि बाँकेको कोहलपुरका महिलाहरुले महिला उपकार मन्च स्थापना गरे । २०७५ साउन २५ गते सोही संस्थाको अगुवाईमा घ बर्गको उपकार लद्युबित्त वित्तीय संस्था निर्माण गरियो र २०७५ माघ १७ गतेदेखि वित्तीय कारोवार शुरु गर्यो । यसरी महिलाहरुले स्थापना गरेको उपरकार लद्युबित्तमा लुम्बिनी प्रदेशका दश जिल्लाका ३८ हजार ९ सय २५ जना बिपन्न परिवार लाभान्वित बनेका छन् ।

उक्त लद्यु बित्तले गत असारसम्म रु २ अर्ब २७ करोड १९ लाख ८० हजार कर्जा लगानी गरेको छ । संस्थाको आर्थिक वर्ष २०७८,०७९ मा सदस्य संख्या ७ हजार ८ सय ९०ले बृद्धि भए । ग्राहकसंख्या बृद्धि भएसंगै लगानीमा रहेको कर्जा,बचतमा पनि बृद्धि भएको प्रमुख प्रशासकिय अधिकृत शारदा कुमारी खत्रीले जानकारी दिइन । अघिल्लो वर्ष लगानीमा रहेको कर्जा रु १ अर्ब ६८ करोड ९८ लाख रहेकोमा आर्थिक ०७८/०७९ मा रु ५८ करोड २० लाखले बृद्धि भई रु २ अर्ब २७ करोड १९ लाख ६० हजार पुगेको छ । अघिल्लो वर्ष बचत रु ८० कराेड ४ लाख रहेकोमा आर्थिक वर्ष २०७९/०७९ मा रु २३ करोड ६५ लाख बृद्धि भई रु १ अर्ब ३ करोड ७० लाख पुगेको छ ।

अन्य संस्था जस्तै गत असारयता भने कर्जा लगानी सुस्ताएको छ । बिहिवार सम्पन्न चौथो वार्षिक साधारणसभामा आफ्नो प्रतिवेदन पेश गर्दै अध्यक्ष शान्ती ढकालले सदस्यहरुलाई केन्द्र बिन्दुमा राखेर गरेको सेवाको प्रतिफल स्वरुप आफ्नो चार वर्षे यात्रा सफल भएको बताइन ।

उनले उपकार लद्यु बित्तले फरक पहिचान बनाउन सकेको भन्दै खुसी प्रकट गरिन । साधारणसभाले संस्थापक शेरधनी समूहबाट ढकाल चन्द्रकला न्यौपानेलाई र सर्वसाधारण शेयरधनी समूहबाट श्या प्रसाद रिजाल र चेतना अर्याललाई सन्चालकमा निर्विरोध चयन गरेको छ । सन्चालक समितिले अध्यक्षमा पुन शान्ती ढकाललाई चयन गरेको छ ।

साधारणसभाले २०७८/०७९ सम्मको मुनाफाबाट चुक्ता पुँजी रु ६ करोड ५६ लाख २५ हजारको ६१.७५ प्रतिशत हुने रकम रु ४ करोड ५२ लाख बोनस शेयर बितरण र अन्य लद्युबित्त संस्थाहरुमा गाभिने वा गाभ्ने लगायतका बिषयमा समेत सन्चालक समितिलाई म्याण्टेड दिएको छ ।

Copyright © 2024 Upakar Microfinance Bittiya Sanstha Limited (ULBSL) | Developed & Maintained by SoAni Tech Nepal Pvt. Ltd.